logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर, आइफोन १४ का साथै थुप्रै आकर्षक उपहार जित्न मौका

    इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर, आइफोन १४ का साथै थुप्रै आकर्षक उपहार जित्न मौका

    728
    SHARES
    इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर, आइफोन १४ का साथै थुप्रै आकर्षक उपहार जित्न मौका

    काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘स्क्यान टु विन अफर’ सञ्चालनमा ल्याएको छ।



    यस अफरअन्तर्गत इसेवाको मोबाइल एपमार्फत क्यूआर स्क्यान एन्ड पे गर्दा एकजना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्नेछन्। यसैगरी यस अफरमा हरेक हप्ता एकजनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सक्नेछन्। यसका साथै १० हजारले एक हजारसम्मको पूर्ण क्यासब्याक सेवा प्राप्त गर्न सनेछन्।

    यस उपहार योजनामा सहभागी हुनका लागि इसेवा मोबाइल एपमार्फत क्यूआर स्क्यान पे गर्नुपर्नेछ। साप्ताहित पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घन्टाभित्र सोही रकम प्राप्त गर्न सक्नेछन्। यसैगरी रेडमी वाच २ लाइट स्मार्ट वाचका विजेताको पनि हरेक बिहीबार घोषणा गरिनेछ। ग्रान्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिनेछ।

    इसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५५ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ।

    इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ।

    इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। हाल १ लाख ८५ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ।


    अर्थ चाैतारी
  • विहिबार, १८ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट