logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • यूएचएस होल्डिङले नेपालमा ल्यायो हेफेल

    यूएचएस होल्डिङले नेपालमा ल्यायो हेफेल

    936
    SHARES
    यूएचएस होल्डिङले नेपालमा ल्यायो हेफेल

    काठमाण्डौ । इन्टिरियरसम्बन्धी सेवामा अग्रणी कम्पनी यूएचएस होल्डिङ हेफेल डिजाइन स्टुडियोको शुभारम्भ गरेको छ। आज फागुन १८ गते काठमाण्डौ गैरीधारास्थित हाफेल शोरुममा आयोजित एक समारोहबीच हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्याङ्क सोडर एवं यूएचएस होल्डिङका अध्यक्ष पुरुषोत्तम न्यौपानेले यसको संयुक्त उद्घाटन गरेका थिए।



    हेफेलको नेपालस्थित फ्रेन्चाइजका रुपमा रहेको यस नयाँ डिजाइन स्टुडियोमा आर्टिटेक्चरल हार्डवेयर, ग्लास फिटिङ, फर्निटर फिटिङ, डिजिटल सेक्युरिटी लाइटिङ, किचेन फिटिङलगायत अन्य सम्बन्धित उत्पादनहरु ‘रियल टाइम’ ढंगमा उपलब्ध छन्।

    उक्त कार्यक्रमा हेफेल एवं यूएचएस होल्डिङका प्रतिनिधिहरुले समुन्नत प्रविधि र उत्कृष्ट कार्यकौशलता सम्पन्न का उत्पादनहरुले विश्वका प्रसिद्ध वास्तुकार एवं इन्टिरियर डिजाइनरहरुलाई अभिप्रेरित गरेको बताए। त्यसैगरी उनीहरुले यस ब्रान्ड आफ्ना ग्राहकप्रति पनि प्रतिबद्ध रहेको जानकारी दिए। ‘हामी हेफेलजस्तो इन्टिरियर सेवाका लागि अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त ब्रान्डसँग आबद्ध हुन पाउँदा हर्षित एवं गौरवान्वित छौँ’, यूएचएस होल्डिङका अध्यक्ष पुरुषोत्तम न्यौपानेले भने।

    नयाँ हेफेल डिजाइन स्टुडियो ग्राहकलाई नवीनतम उत्पादनहरु प्रदान गदै उनीहरुको जीवनशैलीलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ। यूएचएस होल्डिङ उच्चस्तरीय बाथरुम, सिलिङ र रेलिङ फर्निचरलगायतका इन्टिरियरसम्बन्धी उत्पादनहरु प्रदान गरिरहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १८ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट