logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला सुरु

    प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला सुरु

    663
    SHARES
    प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला सुरु

    काठमाण्डौ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला अाजबाट सुरू भएकाे छ। नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा सुरु भएको महोत्सवमा आयोजक संस्थाका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए ।



     

    उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय ः समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव चैत १ गतेसम्म सञ्चालन हुनेछ । करिब रु १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सवको एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको छ ।

     

    नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले स्थानीय उत्पादन र सेवालाई उपभोक्तासम्म पु¥याउन सकियो भने नेपालको व्यापार घाटा कम हुने बताए । ढकालले गण्डकी प्रदेश धेरै सम्भावनाहरु बोकेको प्रदेश भएकाले यहाँको आर्थिक विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताए । नेपाल गाह्रो अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै ढकालले कोरोना कहरका कारण घटेको रेमिट्यान्स, विदेशी पर्यटक विस्तार बढ्न थालेका बताए ।

     

    निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

    महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष अमृत भट्टचनले गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा यस महोत्सवले सघाउ पु¥याउने बताए । महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टर रहेका छन्।


    अर्थ चाैतारी
  • आइतबार, २१ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट