logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • हिमालयन ब्रुअरीले ल्यायो प्रिमियम बियर ‘हिमालयन’

    हिमालयन ब्रुअरीले ल्यायो प्रिमियम बियर ‘हिमालयन’

    1.3K
    SHARES
    हिमालयन ब्रुअरीले ल्यायो प्रिमियम बियर ‘हिमालयन’

    काठमाण्डाै । सीजी होल्डिङ्सअन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ।



    होली पर्वलाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको ब्रुअरीले जनाएको छ। गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो। चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरु बियर भन्दा नयाँ र रिफ्रेशिङ्ग भएको कम्पनीले जनाएको छ।

    ‘फर द वन हु डेयर्स’ नारामा लन्च भएको सो बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनीले जनाएको छ। यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने विश्वास कम्पनी लिएको छ। कम्पनीका अनुसार अहिलेको प्रतिस्पर्धी बियर बजारमा ग्राहकहरुले नयाँ नयाँ स्वादका बियर रुचाउने गर्दछन। ‘हिमालयन बियरको प्रिमियम फिचर र अलग स्वाद नेपाली बियर पारखीको रोजाइमा पर्ने हामी विस्वस्त छौँ’, उनले भने।

     

    हिमालयन बियर ३३० एम.एल. र ६५० एम.एल. बोतलमा उपलब्ध हुनेछन । यस बियरको ६५० एम.एल.को बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एम.एल.को बोतलको मूल्य १६५ रुपैयाँ कायम गरेको छ। लामो र गौरवमय इतिहास बोकेको हिमालयन ब्रुअरीले नेपाली बजारमा आइसबर्ग, निन्जा, काठमाण्डौ र कमाण्डो जस्ता बियर ब्रान्ड उत्पादन गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २१ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट