logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एशियन पेन्ट्सले मनायो फागु पुन्ही या भिन्तुना

    एशियन पेन्ट्सले मनायो फागु पुन्ही या भिन्तुना

    1.3K
    SHARES
    एशियन पेन्ट्सले मनायो फागु पुन्ही या भिन्तुना

    काठमाण्डौ । एशियन पेन्ट्स कम्पनीले काठमाण्डौ महानगरपालिका–२४मा होली मनाएको छ। कम्पनीले कुटुम्ब ब्यान्डको सहकार्यमा गत सोमबार होली मनाएको हो।



    नेवा संस्कृति र समुदायको उत्थान र प्रदर्शन गर्ने उद्देश्यले सांस्कृतिक ब्यान्ड कुटुम्ब ब्यान्डको सहकार्यमा कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ। कार्यक्रममा सहभागीहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमको मुख्य आकर्षण कुटुम्ब ब्यान्डको सांस्कृतिक प्रस्तुति थियो। ‘जसले नेपाली परम्परामा गहिरो जरा गाडिएको नेवा संस्कृतिको सार देखाएको थियो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    कार्यक्रमको बारेमा एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णन ले काठमाडौँ महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डसँग होली मनाउन पाउँदा खुसी लागेको बताए। ‘यो कार्यक्रम नेवा संस्कृति र समुदायलाई प्रवद्र्धन तथा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरेका थियौँ,’ उनले भने, ‘जुन नेपालको समृद्ध सम्पदाको अभिन्न अंग हो। सहभागीहरूको उत्साहजनक प्रतिक्रिया देखेर हामी निक्कै खुसी छौँ।’


    अर्थ चाैतारी
  • विहिबार, २५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट