logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसद्वारा विद्यार्थीहरुलाई सहयोग प्रदान

    कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसद्वारा विद्यार्थीहरुलाई सहयोग प्रदान

    663
    SHARES
    कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसद्वारा विद्यार्थीहरुलाई सहयोग प्रदान

    काठमाण्डौ । प्रसिद्ध सांगितिक समुह कुटुम्ब र इन्टरनेसनल साउन्ड सर्भिसले काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा न. ३ स्थित वेथानचोक नारायण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेका छन् । उक्त विद्यालयका ११७ विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामानहरु प्रदान गरिएको हो । वडा अध्यक्ष कुबेर ढकालुको प्रमुख आतिथ्यतामा कुटुम्ब ब्यान्डको तर्फबाट तबालाबादक पबित महर्जन र इन्टरनेसनल साउन्ड सर्भिसका तर्फबाट सुरेश शाक्यले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक सिताराम लामालाई यी सामानहरु हस्तान्तरण गरिएको हो ।



    कुटुम्बको स्कुल टु स्कुल कार्यक्रम अन्तर्गत यी सहयोग सामाग्रीहरु प्रदान गरिएको ब्यान्डका श्री पबित महर्जनले बताउनुभयो । त्यस्तैगरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई अध्ययन सामाग्रीहरु प्रदान गरिएको इन्टरनेसनल साउन्ड सर्भिसका श्री सुरेश शाक्यज्युले बताए । यस बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक श्री सिताराम लामाले भने,“विद्यार्थीहरुको पठनपाठन सहज बनाउनको लागि उहाँँहरुले जुन सहयोग प्रदान गर्नुभएको छ, त्यसले पक्कै पनि सम्बन्धित विद्यार्थीहरुलाई हौसला र प्रेरणा मिलेको छ । इन्टर्नेसनल साउन्ड सर्भिस र कुटुम्बको यो सहयोग प्रति हामी आभारी छौँ ।”


    अर्थ चाैतारी
  • विहिबार, २५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट