काठमाण्डौ । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। मेगा क्यापिटल मार्केटले बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धकको जिम्मा पाएको थियो।
लघुवित्तले १८ फागुनदेखि २३ फागुनसम्म सर्वसाधारणका लागि ८० लाख ९५ हजार रुपैयाँ बराबरको ८० हजार ९५० कित्ता साधारण निष्कासनमा ल्याएको थियो।
लघुवित्तको आईपीओमा कुल १४ लाख ५९ हजार ७८४ जनाले १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। गोलाप्रथामार्फत लघुवित्तको आईपीओ बाँडफाँट गर्दा कुल ८ हजार ९५ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्।
अर्थ चाैतारी ।