logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विद्यार्थीलाई प्रोग्रेशिभ फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

    विद्यार्थीलाई प्रोग्रेशिभ फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

    767
    SHARES
    विद्यार्थीलाई प्रोग्रेशिभ फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

    काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको शाखा कार्यालय पोखराको आयोजनामा आज पोखरा महानगरपालिका–८ सुन्दरमार्गस्थित कान्तिपुर टुरिजम एन्ड होटेल मेनेजमेस्ट कलेजमा कक्षा ११ र १२ मा अध्ययनर विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ।



    नेपाल राष्ट्र बंैककी निर्देशक तथा गण्डकी प्रदेश प्रमुख आर्या जोशीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमको अध्यक्षता फाइनान्सको पोखरा शाखा प्रबन्धक टंकप्रसाद ढकालले गरे। कार्यक्रममा गुहेश्वरी मर्चेट बैंकिङ एन्ड फाइनान्सका शाखा प्रबन्धक विज्ञान गौतम र कलेजका सहायक प्रध्यापक निश्चल ज्ञवाली अतिथिका रुपमा सहभागी भएका थिए।

    कार्यक्रममा राष्ट्र बैंककी निर्देशक आर्या जोशीले फाइनान्सियल लिट्रेसी एन्ड ग्लोबल मनी विक–२०२३ तथा यसको उद्देश्यका बारेमा प्रकाश पारेकी थिइन् भने शाखा प्रमुख टंक ढकालले वित्तीय साक्षरता तथा फाइनान्सका विभिन्न सेवाहरुका सम्बन्धमा जानकारी गराएका थिए।

    कलेजमा अध्ययनरत ५५ जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमबाट बैंकिङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवासुविधाहरुका बारेमा सूचना प्राप्त गरी कार्यक्रम उपलब्धिमूलक रहेको जानकारी सहभागीहरुले दिएका थिए।


    अर्थ चाैतारी
  • बुधबार, ८ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट