logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • ३० हजार कित्ता किन्न पाइने भुगोल इनर्जिको आईपीओ बिक्री खुला

    ३० हजार कित्ता किन्न पाइने भुगोल इनर्जिको आईपीओ बिक्री खुला

    780
    SHARES
    ३० हजार कित्ता किन्न पाइने भुगोल इनर्जिको आईपीओ बिक्री खुला

    काठमाण्डौ । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आज चैत २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो ।



     

    कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूलय दरका १० लाख ८८ हजार १०७ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आजदेखि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याएको सेयर बिक्री गरी बाँडफाँट गरिसकेको हुँदा अब सर्वसाधारण लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा चैत २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

     

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।


    अर्थ चाैतारी
  • विहिबार, २३ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट