logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • भूगोल इनर्जीको आईपीओ अन्तिम दिनसम्म १० गुणा बढीले ओभरसब्सक्राइब्ड

    भूगोल इनर्जीको आईपीओ अन्तिम दिनसम्म १० गुणा बढीले ओभरसब्सक्राइब्ड

    637
    SHARES
    भूगोल इनर्जीको आईपीओ अन्तिम दिनसम्म १० गुणा बढीले ओभरसब्सक्राइब्ड

    काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ निष्कासनको अन्तिम दिनसम्म १० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज (चैत २७ गते) बैंकिङ समयसम्म आवेदन दिने सकिने व्यवस्था गरिएको थियो।



     

    कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गरेको थियो।

     

    कुल कित्तामध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको थियो भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १२ लाख २६ हजार ६५९ आवेदकबाट कुल १ करोड ३७ लाख ११ हजार ९५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १०.१८ गुणाले बढी हो।

     

    मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भइसकेको छ। जसमा भाग्यमानी १ लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये ३ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। यो आईपीओको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २७ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट