logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

    बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

    1.1K
    SHARES
    बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

    काठमाण्डौ । बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो ।



    नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बङ्गलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ ।

     

    दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरूप लैजाने सहमति गत वर्ष भदौ मै नेपाल र बङ्गलादेशबीच भएको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, ४ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट