logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल

    भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल

    637
    SHARES
    भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल

    काठमाण्डौ । सरकारले भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ महानिर्देशकको भूमिकामा पौडेललाई ल्याएका हुन्।



    यअसघिका महानिर्देशक चक्रबहादुर बुढाको गत वैशाख २७ गते सरुवा भएपछि उनको स्थानमा पौडेल आएका हुन्। उनी खानेपानी मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका हुन्। यसअघि बुढालाई संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको थियो। बुढालाई जनार्दन शर्माले अर्थ मन्त्रालय छोड्ने समयमा भन्सार विभागको जिम्मेवारी दिइएको थियो।

    यसअघि मन्त्री महतले अर्थ मन्त्रालयमा केही सहसचिवहरु सरुवा गरेर ल्याएका थिए। अर्थ मन्त्रालयमा आएका नयाँ सहसचिवमा भुपाल बराल, उत्तरकुमार खत्री र बाबुराम सुवेदी थिए। भुपाल बरालले संस्थान महाशाखा प्रमुखको जिम्मेवारी पाएका थिए।

    त्यस्तै खत्रीलाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको थियो। भन्सारको महानिर्देशकमा बाबुराम सुवेदीको चर्चा थियो। तर खानेपानीबाट आएका पौडेलले उक्त जिम्मेवारी पाएका हुन्।


    अर्थ चाैतारी
  • बुधबार, १७ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट