logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • लघुवित्त बैंकर्स संघको वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम

    लघुवित्त बैंकर्स संघको वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम

    598
    SHARES
    लघुवित्त बैंकर्स संघको वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम

    काठमाण्डौ । नेपाल लघुवित्त बैंकर्स संघ कोशी प्रदेशको आयोजनामा उदयपुर जिल्लाअन्तर्गतका सम्पूर्ण लघुवित्त वित्तीय संस्थहरुको सहभागितामा वित्तीय साक्षरता राष्ट्रिय अभियानका कार्यक्रम सम्पन्न गरेको छ।



    करिब १ हजार ५०० भन्दा वढी सेवाग्राही सदस्य, स्थानीय, युवा, विद्यार्थी, स्थानीय व्यपारीहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ‘लघुवित्त हाम्रो साथी हो’, ‘लघुवित्त हामीलाई चाहिन्छ’, ‘लघुवित्त जिन्दावाद’, ‘कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर’ भन्नेजस्ता नारा लगाइएको थियो।

    गाईघाट वजार परिक्रमा गरी द इम्पायर इन होटलमा औपचारिक कार्यक्रम परिणत भएको कार्यक्रममा जिल्लाका सबै सरोकारवाला, स्थानीय निकायहरु, पत्रकार, उद्योग वाणिज्य महासंघको अध्यक्ष, विभिन्न लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी अधिकृत, विभागीय प्रमुख, अनुगमन अधिकृत, सम्बन्धित कर्मचारीहरुको बाक्लो उपस्थिति थियो।

    उक्त कार्यक्रम नेपाल लघुवित्त बैंकर्स संघ कोशी प्रदेश संयोजक तथा जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलको सभापतित्व, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथिमा सम्पन्न भएको हो। कार्यक्रममा कार्यक्रमको औचित्य प्रकाश पार्दै महूली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले अहिलेको चुनौतीपूर्ण अवस्थामा कुनै भ्रममा नलागी लघुवित्तलाई यसको मर्म र भावनाअनुसार सञ्चालनमा सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

    उद्घाटनसत्रमा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राईले लघुवित्त वित्तीय संस्थाले महिलालाई उद्यमी वनाउन, आर्थिक सशक्तीकरण गर्न साथै जीवन परिवर्तनको सम्वाहक रुपमा काम गरेको गरेको र साथै आउँदा दिनमा समेत अझ परिष्कृत सेवा प्रवाह गर्न सुझाव दिएका थिए। कार्यक्रममा विभिन्न लघुवित्तमा सफल उद्यमी वनेका महिलाहरुले समेत आफ्नो अनुभव राखेका थिए।

    कार्यक्रमको समापनमा नेपाल लघुवित्त बैंकर्स संघ कोशी प्रदेश संयोजक तथा जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले लघुवित्त वित्तीय संस्थामा देखिएको समस्याहरुलाई सबै मिली काम गर्नुपर्ने बताए। उनले आजको भ्रमपूर्ण अवस्थालाई चिर्दै काम गर्नुपर्ने भएको तथ्य औँल्याएका थिए।


    अर्थ चाैतारी
  • विहिबार, १८ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट