logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • कार्यालय समयमा अनुपस्थित सहसचिवसहित १०३ जना कर्मचारी कारबाहीमा

    कार्यालय समयमा अनुपस्थित सहसचिवसहित १०३ जना कर्मचारी कारबाहीमा

    546
    SHARES
    कार्यालय समयमा अनुपस्थित सहसचिवसहित १०३ जना कर्मचारी कारबाहीमा

    काठमाण्डौ । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् ।



    मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् । कारबाहीमा परेका कर्मचारीहरूको सोमबारको हाजिरीमा रातो लगाइएको छ । सचिव डा. पुष्करले ती कर्मचारीहरूको हाजिरीमा रातो लगाएका हुन् ।

    कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना छन् । त्यसैगरी ३६ जना शाखा अधिकृत र ४१ जना नासु तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेका छन् ।

    ‘सुशासन कायम गर्ने विषय नै हाम्रो पहिलो प्राथमिकताको विषय हो’ आफूले सम्हालेका मन्त्रालयका कर्मचारीमाथि कारबाही प्रारम्भ गरेपछि मन्त्री मोदीले भने, ‘बिहानको सवा १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारीको हाजिरीमा रातो लगाउन थालेका छौँ, यो प्रक्रिया जारी रहन्छ ।’


    अर्थ चाैतारी
  • मंगलबार, ३० जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट