logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • महुली लघुवित्तको स्थापना दिवसमा वृक्षरोपण, उत्कृष्ट सदस्यलाई सम्मान

    महुली लघुवित्तको स्थापना दिवसमा वृक्षरोपण, उत्कृष्ट सदस्यलाई सम्मान

    715
    SHARES
    महुली लघुवित्तको स्थापना दिवसमा वृक्षरोपण, उत्कृष्ट सदस्यलाई सम्मान

    काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औँ स्थापना दिवस सम्पन्न गरेको छ। हरेक वर्ष जेठ ३० गतेका दिन संस्थाले आफ्नो स्थापना दिवस मनाउने गरेको छ। ६४ वटा शाखा कार्यालयमार्फत करिब ३ हजार वृक्षरोपण तथा करिब ६४ जना उत्कृष्ट सेवाग्राही सदस्यलाई सम्मानसहित सरसफाइ, रक्तदान र श्रमदान कार्यक्रम आयोजना गरेको हो।



    विश्वव्यापी तापमान वृद्धि, वायु प्रदूषणलगायत अन्य वातावरणीय समस्यालाई मध्यनजर गर्दै संस्थाले वृक्षरोपण कार्यक्रमलाई विशेष प्रथमिकता दिँदै कार्यक्रम आयोजना गरेको हो। विभिन्न शाखा कार्यालयद्वारा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्कुल, युवा, विद्यार्थीलगायतको सक्रिय सहभागिता थियो। संस्थाले वृक्षरोपण कार्यक्रम आयोजना गर्दा संरक्षणलाई मुख्य प्राथमिकता दिँदै संरक्षण प्रतिबद्घता जनाएको स्थानहरुमा स्थानीयहरुको सहयोगमा वृक्षरोपण गरेको हो।

    विभिन्न स्थानमा सहभागी जनप्रतिनिधिहरुले संस्थालाई ११ औँ स्थापना दिवसको शुभकामना दिँदै परिष्कृत सेवा प्रवाह गर्न जोड दिएका थिए। हालको परिस्थितिमा वित्तीय संस्थाहरुको महत्व रहेको बताउँदै उनीहरुले हरेक नागरिकलाई जिम्मेवार हुन् आग्रहसमेत गरे।

    वृक्षरोपण कार्यक्रममा सम्बोधन गर्दै प्रदेश नं. २ सप्तरी (क) का प्रदेश संसद राजकुमार लेखीले प्रदेश नं. २ को महुलीमा केन्द्रीय कार्यालय स्थापना गरेर काम गरिरहेको संस्था भनेर चिन्न पाउँदा खुसी लागेको बताउँदै सञ्चालनगत कठिनाइमा केही समस्या भए सोको सहजीकरणमा सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे।


    अर्थ चाैतारी
  • बुधबार, ३१ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट