logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सुदूरपश्चिमका कानुन मन्त्री सिंह सवार गाडी दुर्घटना

    सुदूरपश्चिमका कानुन मन्त्री सिंह सवार गाडी दुर्घटना

    585
    SHARES
    सुदूरपश्चिमका कानुन मन्त्री सिंह सवार गाडी दुर्घटना

    काठमाण्डौ । सुदूरपश्चिमका कानुन मन्त्री सिंह सवार गाडी दुर्घटनामा परेको छ । सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वी बहादुर सिंहसहित ४ जनाको अवस्था गम्भीर रहेको छ ।



    मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह , बुहारी नाता पर्ने जयादेवी सिंह , अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

    चालक धर्मराज जोशीको अवस्था माध्यम रहेको छ । पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको जोशीले बताइन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट