logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सम्पत्ति विवरण नबुझाउने सरकारी कर्मचारीले जनही पाँच हजार जरिवाना तिर्नुपर्ने

    सम्पत्ति विवरण नबुझाउने सरकारी कर्मचारीले जनही पाँच हजार जरिवाना तिर्नुपर्ने

    702
    SHARES
    सम्पत्ति विवरण नबुझाउने सरकारी कर्मचारीले जनही पाँच हजार जरिवाना तिर्नुपर्ने

    काठमाण्डौ । सम्पति विवरण नबुझाएका साढे ९ हजार सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन बुझाउदै सम्पती विवरण नबुझाउने कर्मचारीलाई कारबाहीको सिफारिस गरेको हो ।



    आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९ हजार ५ सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने पदाधिकारी एवम् कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० (२) बममोजिम ५ हजार जरिवानासमेतका लागि आयोगलाई पत्र लेखी पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले जानकारी दिए ।

    उनका अनुसार निजामती कर्मचारीका ३ हजार ४ सय ५३, नेपाल प्रहरीका १ सय १३, शिक्षक १ हजार १ सय ५८, राजनीतिक नियुक्ति तथा करारतर्फका १ हजार ९ सय २२ छन् । यसैगरी, प्रदेशतर्फका १ हजार २७ तथा स्थानीय तहका १ हजार ९ सय १७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।


    अर्थ चाैतारी
  • आइतबार, १७ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट