logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, भाग्यमानी ९ जनालाई११ कित्ता सेयर

    अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, भाग्यमानी ९ जनालाई११ कित्ता सेयर

    572
    SHARES
    अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, भाग्यमानी ९ जनालाई११ कित्ता सेयर

    काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको सेयर आज बाँडफाँट भएको हो।



     

    बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको अनुसार काजीको साउन २९ गते (सोमबार) साँझ ५ बजे, किचेन बत्तिसपुतलीमा सेयरबाँडफाँट भएको हो ।

    कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता सेयरको लागि आवेदन परेको छ । कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण भएको छ ।

     

    त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनालाई १० कित्ताका दरले १९ लाख ५३ हजार २७० कित्ता सेयर वितरण गरीएको छ । त्यस पश्चात बाँकी रहेको ९ कित्ता सेयर भने २० देखि २५ हजार कित्तासम्म आवेदन दिएकाहरुलाई थप १ कित्ताका दरले वितरण गरिएको छ । त्यस अनुसार भाग्यमानी ९ जना आवेदकले ११ कित्ताका दरले सेयर पाएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २९ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट