logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आर्थिक मन्दीका कारण उद्योग उत्पादन घटेका बेला बढेको तलव कार्यान्वयन गर्न नसकिने उद्योग परिसंघको भनाइ

    आर्थिक मन्दीका कारण उद्योग उत्पादन घटेका बेला बढेको तलव कार्यान्वयन गर्न नसकिने उद्योग परिसंघको भनाइ

    806
    SHARES
    आर्थिक मन्दीका कारण उद्योग उत्पादन घटेका बेला बढेको तलव कार्यान्वयन गर्न नसकिने उद्योग परिसंघको भनाइ

    काठमाण्डौ । व्यवसायीहरुले सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन नसकिने बताएका छन् । नेपाल उद्योग परिसंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आर्थिक मन्दीका कारण उद्योग कलकारखानाको उत्पादन नै घटेका बेला श्रमिकको पारिश्रमिक बढाउनु उचित नभएको र सो कार्यान्वयन गर्न नसकिने व्यवसायीहरुले बताएका हुन् ।



     

    ‘अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रको मनोबल घट्दो छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका छन् । अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्नेछ । श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ’ विज्ञप्तिमा भनिएको छ ।

     

    सोही विज्ञप्तिमार्फत विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अवलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सबै सरोकारवाला समक्ष परिसंघले अनुरोध समेत गरेको छ । सरकारले बिहीबार श्रमिकहरुको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ तोकेको थियो । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेकोमा २ हजार ३ सय रुपैयाँले वृद्धिगर्दै साउन १ गतेदेखि लागू हुनेगरी १७ हजार ३ सय रुपैयाँ तोकेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, १ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट