logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • भगवती हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

    भगवती हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

    949
    SHARES
    भगवती हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज भदौ ८ गते अन्तिम दिन रहेको छ।



    कम्पनीले गत भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको छ। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

    यसैगरी ५ प्रतिशतले हुन आउने ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी ७ लाख १२ हजार २२० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरिएको छ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    यो आईपीओमा नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिनेछ। सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा १० लाख ९० हजार ९५३ आवेदकबाट कुल १ करोड २१ लाख २४ हजार २०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १७.०२ गुणाले बढी हो।

    मागभन्दा बढी अवावेदन परेकै कारण यो आईपीओ पनि गोलाप्राथबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट