logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • सन नेपाल लाइफको आइपीओ बाँडफाँड मिति तय, ८ लाख १२ हजारको हात खाली

    सन नेपाल लाइफको आइपीओ बाँडफाँड मिति तय, ८ लाख १२ हजारको हात खाली

    507
    SHARES
    सन नेपाल लाइफको आइपीओ बाँडफाँड मिति तय, ८ लाख १२ हजारको हात खाली

    काठमाण्डौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । आइपीओ विहान ८ बजे धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा बाँडफाँड हुने जनाएको छ । आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी शुक्रबार बाँडफाँड गर्ने तयारी भइरहेको छ ।



    आइपीओमा १५ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गको अन्तिम तथ्याङक अनुसार १५ लाख ८० हजार ४९० जनाले ४ अर्ब २६ करोड ८६ लाख ४० हजार ३८० रुपैयाँ बराबरको १ करोड ७८ लाख ६० हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् ।

     

    यस हिसावमा योग्य आवेदकबाट ७ लाख ६८ हजारले आइपीओ १० कित्ताका दरले हात पार्नेछन् । ८ लाख १२ हजार ४९० जनाले शेयर नपाउने भएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ ।

     

    कम्पनीले ७६ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो। कम्पनीले बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

     

    बाँकी रहेको शेयरमध्ये ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिने व्यवस्था थियो ।

     

    आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट