logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • नेसनल हाइड्रोपावरको सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा

    नेसनल हाइड्रोपावरको सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा

    494
    SHARES
    नेसनल हाइड्रोपावरको सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा

    काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीको सवा १३ लाख बढी कित्ता सेयर आज भदौ १३ गतेबाट बिक्रीमा राखिएको छ।



    कम्पनीले सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।

    बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ २४ गतेसम्म तोकिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १३ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट