logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • शून्यको मूल्य, ऐंठन र सनेसलाई यशस्वी अवार्ड

    शून्यको मूल्य, ऐंठन र सनेसलाई यशस्वी अवार्ड

    819
    SHARES
    शून्यको मूल्य, ऐंठन र सनेसलाई यशस्वी अवार्ड

    सुर्खेत । त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाण्डौ–कलिङ साहित्य महोत्सव’ डाक्टर नवराज केसीको ‘शून्यको मूल्य’, विवेक ओझाको उपन्यास ‘ऐंठन’ रेणुका जिसीको कथा संग्रह ‘सनेस’लाई यशस्वी अवार्ड प्रदान गरिएको छ।



    आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरुलाई पुरस्कृत गर्ने क्रममा यी कृति सम्मानित भएका हुन्।


    सम्मानित हुने अन्य कृतिमा कवितातर्फ ‘भाषाको बकपत्र’, जीवनीतर्फ गोविन्द गिरी प्रेरणा ‘सुश्री पारिजात’, बालसाहित्य विधामा अनुराधालिखित ‘छमछमको छमछमी’, अनुवादतर्फ रीमा केसीद्वारा अनुदित ‘अमृता प्रीतमका छानिएका कविता’, खाद्य तथा औषधि विधामा ‘रैथाने चाडबाड र खानपान’, अंग्रेजी भाषाको संस्मरण ‘हिमालयन मेभरिक’ र अंग्रेजी कवितासंग्रह ‘मिनट्स या मेरिट’ छन्।

    ललितपुरको हिमालय होटलमा सञ्चालन भइरहेको महोत्सवमा लेखकहरुको उपस्थितमा सम्मान प्रदान गरिएको हो।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट