logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा विशेष छुट

    सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा विशेष छुट

    663
    SHARES
    सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा विशेष छुट

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले रुपन्देहीको बुटवलस्थित बुटवल हार्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन्।



    छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

    बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

    सिटिजन्स बैंकले आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ४३ हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २४ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट