logo

२०८२ असार २६ बिहिबार

logo
  • बिहिबार, २६ असार २०८२
  • भारतसामु पाकिस्तान निरीह, २२८ रनको फराकिलो हार

    भारतसामु पाकिस्तान निरीह, २२८ रनको फराकिलो हार

    520
    SHARES
    भारतसामु पाकिस्तान निरीह, २२८ रनको फराकिलो हार

    काठमाण्डौ । एसिया कप क्रिकेटमा भारतसामु पाकिस्तान निरिह देखिएको छ। सुपर चार अन्तर्गत कोलम्बोमा दुई दिन लगाएर भएको खेलमा भारतले पाकिस्तानलाई २२८ रनको फराकिलो अन्तरमा पराजित गरेको हो।



    भारतसामु पाकिस्तानको बलिङ र ब्याटिङ दुवै चलेन। पहिले फिल्डिङ रोजेको पाकिस्तानले भारतको दुई विकेटमात्रै हात पार्दा विशाल रनको चुनौती पाएको थियो। ३५७ रनको चुनौती पन्छाउन मैदान उत्रिएका पाकिस्तानी ब्याटर भारतीय बलरसामु निरीह भए।

    लक्ष्य भेट्टाउन २२९ रन बाँकी हुँदा १२८ रनमै अलआउट भए। पाकिस्तानी चार ब्याटरले बाहेक दोहोर अंकमा स्कोर छुन सकेनन्। चार ब्याटरले पनि सामान्य स्कोर मात्रै बनाए। ओपनर फकर जमानको २७ रन नै पाकिस्तानका लागि सर्वाधिक स्कोर रह्यो। आगा सलमान र इफ्तिखार अजमानले समान २३ रन बनाए। कप्तान बाबर आजम १० रनमै आउट भए। अन्य कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सकेनन्। भारतविरुद्ध सुरुदेखि नै पाकिस्तान दबाबमा देखिएको थियो।

    पाकिस्तानका लागि कुल्दिप यादव घातक बने। स्पिनर यादवले पाकिस्तानको ५ विकेट लिए। जसप्रित बुम्राह, हार्दिक पाण्ड्या र सर्दुल ठाकुरले एक एक विकेट हात पर्दा बाँकी दुई विकेट चोटका कारण पाकिस्तानले अनुपस्थित हुँदै आउट गरायो।

    पाकिस्तानका नासिम साह र हरिस रउफ चोटका कारण ब्याटिङ गर्न गएनन्। त्यसअघि भारतका पूर्व कप्तान विराट कोहली र के एल राहुलले शानदार सतकीय पारी खेले। कोहलीले ९४ बलमा नटआउट १२२ रन बनाउँदा राहुलले १०६ बलमा १११ रनको इनिङ खेले।

    भारतका दुवै ओपनरले अर्धसतक पूरा गर्दै शानदार सुरुवात दिलाएका थिए। कप्तान रोहित शर्माले ४९ बलमा ५६ रन बनाउँदा शुभमन गिलले ५२ बलमा ५८ रन जोडे। पाकिस्तानका लागि शाहिन साह अफ्रिदी र सदाव खानले एक एक विकेट लिनु बाहेक अन्यले विकेटबिहिन भए। नटआउट १२२ रन जोडेका कोहली प्लेयर अफ द म्याच भए।

    पाकिस्तानलाई हराएसँगै भारतको फाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ। हारका बाबजुद पनि पाकिस्तानको पनि फाइनल खेल्ने सम्भावना छ। तर त्यसका लागि श्रीलंकलाई पाकिस्तानले हराउनु पर्ने छ भने श्रीलंका भारतसँग पराजित हुनु पर्ने छ। भारतसँगको विशाल हारले पाकिस्तान रनरेटमा समेत पछि परेको छ।

    दुवै खेलमा पराजित बंगलादेश सुपरचारबाट बाहिरिसकेको छ। भारत र श्रीलंकाले समान एक एक खेल जित्दा पाकिस्तानको एक जित र एक हारसहित समान २ अंक छ। पाकिस्ताने अन्तिम खेलमा श्रीलंकाको सामना गर्ने छ। भारतले बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ। भारत र श्रीलंकाबीच आज दिउँसो सवा ३ बजे खेल हुनेछ।


    अर्थ चौतारी
  • मंगलबार, २६ भाद्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved