logo

२०८२ असार १९ बिहिबार

logo
  • बिहिबार, १९ असार २०८२
  • आर्थिक वर्षको पहिलो महिना शोधनान्तर स्थिति र चालू खाता दुवै बचतमा

    आर्थिक वर्षको पहिलो महिना शोधनान्तर स्थिति र चालू खाता दुवै बचतमा

    130
    SHARES
    आर्थिक वर्षको पहिलो महिना शोधनान्तर स्थिति र चालू खाता दुवै बचतमा

    काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा गएको छ । आइतबार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँ र चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँ बचतमा रहेको देखाएको हो ।



     

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा गएको थियो भने चालु खाता १५ अर्ब १३ करोड रुपैयाँ घाटामा थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई रु.२७ करोड २६ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको छ ।

     

    अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर८० करोड ३ लाख रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक रहेको थियो ।


    अर्थ चौतारी
  • सोमबार, १ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved