काठमाण्डौ । बुधबारदेखि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरूले सडकमै हाजिरी गरेका छन् । बुधबार सडक आन्दोलनमा उत्रिएका शिक्षकहरूले सरकारी विदामा हाजिरी नलगाएपनि बिहिबार भने नयाँ बानेश्वरको संसद भवनमा सांसादहरूको हाजिरी चलिरहेका बेला शिक्षकहरूले सडकमै हाजिरी गरेका हुन् ।
प्रत्येक जिल्ला जिल्ला र पालिकामार्फत प्रतिनिधित्व गरेर शिक्षक कर्मचारीहरू आएका छन् । उनीहरूले आफ्नो पालिकामा मार्फत हाजिरी गरेर जिल्ला, प्रदेश हुँदै केन्द्रमा हाजिरी पठाउन निर्देशन छ । उनीहरूले गरेको प्रत्येक दिनको हाजिरी आन्दोलन सकिएपछि नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ ।
सोही आधारमा आन्दोलनका लागि देशभरबाट काठमाण्डौ आएका शिक्षक कर्मचारीहरूलाई अनिवार्य रूपमा रजिस्टरमा हाजिरी गर्न निर्देशन दिइएको हो । आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन भइरहेको बेला नयाँ बानेश्वर स्थित संसद भवमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सहभािगतका लागि सांसदहरूको हाजिरी भइरहेको थियो ।
प्रतिनिधि सभामा दर्ता भएको शिक्ष विद्येकको विरोद जनाउँदै सडक आन्दोलनमा आएका हुन्। सरकारले आफ्ना माग पुरा नहुँदासम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विरोध प्रदर्शन जारी रहने र सडकमै हाजिरी गर्ने नेपाल शिक्षक महासंघको जनाएको छ । आन्दोलन नसकिँदासम्म शिक्षक कर्मचारीहरूलाई प्रत्येक दिनको हाजिरी सडकमै गर्न सर्कुलर जारी गरिएको हो ।
उता प्रतिनिधि सभामा यसको छलफलका लागि अघि सारिएको छैन् भने। शिक्षकहरुलाई स्थानिय तह मातहत राखिएको र निजामति सरह सेवा सुविधा प्रदान नगरिएको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।
अर्थ चाैतारी ।