logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • आज मुटुरोग विशेषज्ञ डा. ओम मूर्तिले विश्व रेकर्डको प्रयास गर्दै

    आज मुटुरोग विशेषज्ञ डा. ओम मूर्तिले विश्व रेकर्डको प्रयास गर्दै

    546
    SHARES
    आज मुटुरोग विशेषज्ञ डा. ओम मूर्तिले विश्व रेकर्डको प्रयास गर्दै

    काठमाण्डौ । आज २९ सेप्टेम्बर अर्थात् विश्व मुटु दिवसको अवसर पारेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले आज शुक्रबार साँझ फेसबुक लाइभमार्फत विश्व रेकर्ड कायम गर्ने प्रयास गर्दै छन् ।



     

    मुटुरोगको रोकथामसम्बन्धी जनचेतना जोगाउने उद्देश्यले फेसबुक लाइभमार्फत मुटुरोग तथा उच्च रक्तचापका बारेमा डा. ओम मूर्ति अनिलले सचेतनामुलक प्रस्तुति दिई विश्व रेकर्ड कायम गर्ने प्रयासको तयारी गरेका हुन् । आज शुक्रबार बेलुका ७ः१५ बजेदेखि डा. अनिल आफ्नो फेसबुक पेजमार्फत आधा घण्टा लाइभ प्रस्तुत हुनेछन्। डा. अनिलको लाइभ चलिरहँदा ५ हजारभन्दा बढी दर्शक एक साथ सहभागी भए मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामा विश्व रेकर्ड कायम हुनेछ ।

     

    मुटुरोग रोकथामका निम्ति लामो समयदेखि जनचेतनामुलक अभियान जारी राखेका डा. ओम मूर्ति अनिलको यस अभियानमा स्वदेश तथा विदेशका नेपालीले सहभागिता जनाउनका निम्ति विभिन्न संघसंस्था तथा सामाजिक अभियान्ताहरुले आह्वान गरेका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट