logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • आरएसडिसी लघुवित्तको ९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत, दोस्रो बजारमा कारोबार हुने

    आरएसडिसी लघुवित्तको ९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत, दोस्रो बजारमा कारोबार हुने

    897
    SHARES
    आरएसडिसी लघुवित्तको ९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत, दोस्रो बजारमा कारोबार हुने

    काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । लघुवित्तले संस्थापक सेयर संरचनालाई ५१ प्रतिशतमा झार्ने बताएको छ ।



     

    लघुवित्तका अनुसार संस्थापक सेयरधनीको ६० प्रतिशत सेयर स्वामित्व रहेको छ । उक्त सेयर स्वामित्वतबाट ९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गरी संस्थापकको ५१ प्रतिशत स्वामित्व कायम गर्ने भएको हो । संस्थापक संरचनालाई ५१ प्रतिशत कामय गर्ने भएकाले इच्छुक संस्थापकले सर्वसाधारणमा परिवर्तन गर्ने वा नगर्ने जानकारी गराउन लघुवित्तले आग्रह गरेको छ ।

     

    संस्थापक सेयरलाई सर्वसाधारण गर्न इच्छुक नभएमा ३५ दिनभित्र जानकारी गराउन संस्थापक सेयरधनीहरुलाई लघुवित्तले आग्रह गरेको हो । यदि उक्त अवधिमा जानकारी नगराए कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने लघुवित्तले जनाएको छ ।

     

    उक्त सेयर सर्वसाधारण्मा परिणत भएपछि लघुवित्तको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको कायम हुनेछ । सर्वसाधारण सेयरमा परिवर्तन भएपछि उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।


    अर्थ चाैतारी
  • विहिबार, २५ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट