logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश पारित

    नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश पारित

    767
    SHARES
    नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश पारित

    काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।



    सभाले अघिल्लो आर्थिक वर्षका लागि प्रस्तावित  चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँको १७.९३४२ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको  छ ।

     

    सभाले अन्य उपयुक्त लघुवित्त कम्पनीसँग मर्जर वा प्राप्ति जान उपयुक्त देखिएको सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ।

    सभाले कम्पनीको चुक्तापूँजीमा संशोधन वा अन्य संशोधन छलफल गरी संशोधन गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गरेको छ।सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ।

    कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले १७ दशमलव ९३ प्रतिशत मात्र लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको थियो । सोही अनुसार कम्पनीले साधारण सभा सम्पन्न गरेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट