logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • कामना सेवा विकास बैंककाे साधारणसभा पुस १७ आह्वान

    कामना सेवा विकास बैंककाे साधारणसभा पुस १७ आह्वान

    728
    SHARES
    कामना सेवा विकास बैंककाे साधारणसभा पुस १७ आह्वान

    काठमाण्डौ । कामना सेवा विकास बैंकले वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले १७औँ वार्षिक साधारणसभा पुस १७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।



    बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

    वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन पाउने छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट