logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • युनिक नेपाल लघुवित्तको साधारण सभा पुष २४ गते आह्वान

    युनिक नेपाल लघुवित्तको साधारण सभा पुष २४ गते आह्वान

    546
    SHARES
    युनिक नेपाल लघुवित्तको साधारण सभा पुष २४ गते आह्वान

    काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड पाँचौ वार्षिक साधारण सभा पुष २४ गतेका लागि बोलाएको छ । सभा कोहलपुर नगरपालिका, होटल सेन्ट्रल प्लाजा, बाँकेमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।



     

    सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ ।

     

    साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट