logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सीटीईभीटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

    सीटीईभीटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

    819
    SHARES
    सीटीईभीटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

    काठमाण्डौ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवमा महेश भट्टराई नियुक्त भएका छन् ।



     

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई सदस्य सचिवमा नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । जीवनारायण काफ्लेको उमेर हदका कारण अवधि सकिएपछि सीटीईभीटीको सदस्य सचिव पद रिक्त थियो । काफ्लेको अवधि सकिएसँगै भट्टराईलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिइएको थियो ।

     

    राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले परिषद्को रिक्त सदस्य सचिवमा भट्टराईसहित राष्ट्रिय सीप परीक्षणका निर्देशक टेकबहादुर मल्ल र क्वालिटी परियोजना प्रमुख विनोद बडाललाई सिफारिस गरेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट