logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन माग

    परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन माग

    806
    SHARES
    परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन माग

    काठमाण्डौ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा आवेदन माग गरिएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदमा आवेदन माग गरेको हो ।



    खुला प्रति‚पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले माघ २ गतेभित्र कार्यालय समयमा परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ । मन्त्रालयले अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक योग्यता तोकेको छ ।

    जसमा पैँसठ्टी वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संंस्थाबाट कम्तीमा ‚नातकोत्तर उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा दस वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको, उच्च व्यवस्थापकीय पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

    दरखास्त दस्तुर तीन हजार रहेको छ । कार्यकारी निर्देशकलाई करारमा उल्लेख भए बमोजिमका सर्तहरूका आधारमा मासिक पारिश्रमिक तथा अन्य सेवा सुविधा उपलब्ध गराइनेछ सूचनामा उल्लेख छ ।

    2024-01-02 070733


    अर्थ चाैतारी
  • मंगलबार, १७ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट