logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

    रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

    715
    SHARES
    रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

    काठमाण्डौ । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ०७५७३७२८ नम्बर राहदानी भएका स्याङजाका हरि अर्याल, राहदानी नम्बर १२२९९८९१ का धादिङ निवासी राजकुमार गिरी र ११०२७१७५ नम्बरको राहदानीवाहक कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा ज्यान गएको हो।



     

    राजकुमार र भरतको ३ डिसेम्बरका दिन मृत्यु भएको खबर २८ डिसेम्बरका दिन प्राप्त भएको परराष्ट्र स्रोतको भनाई छ। हरि अर्याल भने गत नोभेम्बर २९ (मंसिर १३) देखि सम्पर्क विहीन भएकोमा सोही दिन मृत्यु भएको अनुमान गरिएको छ। स्याङ्जाको वालिङ नगरपालिका–१४, मान्खुका हरि यसअघि नेपाली सेनामा कार्यरत थिए। तीन वर्ष सेनामा काम गरेका उनी राजीनामा दिएर रुसतिर लागेका थिए।

    यस्तै, कैलालीको टीकापुर नगरपालिका–१, नयाँ टीकापुरका ३६ वर्षीय भरत शाह पूर्वप्रहरी हुन्। १० वर्ष प्रहरी सेवामा रहेका भरत प्रहरीको जागिर छाडेर तीन वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। दुबईबाट फर्किएर उनी रुसी सेनामा गएका हुन्।


    अर्थ चाैतारी
  • मंगलबार, १७ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट