logo

२०८२ असार १७ मंगलबार

logo
  • मंगलबार, १७ असार २०८२
  • जाँचबुझ आयोगले लियो सुन तस्करीमा संलग्न ‘गोरे’ सँग बयान

    जाँचबुझ आयोगले लियो सुन तस्करीमा संलग्न ‘गोरे’ सँग बयान

    182
    SHARES
    जाँचबुझ आयोगले लियो सुन तस्करीमा संलग्न ‘गोरे’ सँग बयान

    काठमाण्डौ । ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् । तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाण्डौबाट हराएको ३३ किलो सुनमा संलग्न ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगले सुन्धारास्थित केन्द्रीय कारागारमा नै बयान लिएको हो ।



    उनलाई कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताए । २०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ । तर, सो सुन अहिलेसम्म फेला परेको छैन । भरियाले काठमाण्डौको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।

    अचानक बयानका लागि सिंहदरबार ल्याएपछि गोरेले आयोगका पदाधिकारीहरूलाई सोधे–‘मलाई फेरी के गर्न थाल्नुभयो ?’ गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले गोरेलाई सिंहदरबारमै सार्वजनिक गरेको थियो । अहिले त्यही भवनमा आयोगले उनीसँग बयान लिएको छ ।


    अर्थ चौतारी
  • बुधबार, १७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved