logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • मेरो माइक्रोफाइनान्सले सम्पन्न गर्यो ११औं वार्षिक साधारण सभा

    मेरो माइक्रोफाइनान्सले सम्पन्न गर्यो ११औं वार्षिक साधारण सभा

    1.4K
    SHARES
    मेरो माइक्रोफाइनान्सले सम्पन्न गर्यो ११औं वार्षिक साधारण सभा

    काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको सभाध्यक्षमा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा उक्त साधारण सभा सम्पन्न भएको हो ।



    सभाले हाल कायम पूँजी संरचना संस्थापक शेयरधनीको ६९.४०५ र सर्वसाधारण शेयरधनीको ३०.६०५० लाई परिमार्जन गरी संस्थापक शेयरधनीको ५९.४०५ र सर्वसाधारण शेयरधनीको ४०.६०५ कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

    सभाले गत वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ। सभाले लेखापरीक्षणसहितको असार मसान्तसम्मको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

    त्यस्तै, सभाले वित्तीय संस्थाको प्रबन्धपत्र दफा ६ को ङ र च मा आवश्यक संशोधन गर्ने प्रस्तावमाथि छलफल गरी पारित गरेको छ । नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सोही बमोजिम गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव पारित समेत सभाले पारित गरेको छ ।

    सो साधारण सभामा संस्थाका शेयरधनीहरूले आफ्नो विचार समेत व्यक्त गरेका थिए । संस्थाका संचालक समितिका अध्यक्ष खत्रीले १० बर्षको अवधिमा संस्थाले आफ्नो ब्राण्डको रुपमा स्थापित गराउन सफल भएको बताए ।

    यस संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट