logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य कार्यान्वयन गर्न विभागको निर्देशन

    विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य कार्यान्वयन गर्न विभागको निर्देशन

    390
    SHARES
    विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य कार्यान्वयन गर्न विभागको निर्देशन

    काठमाण्डौ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागले हालै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थी सहुलियतको कानुनी अधिकार पालना गर्न ताकेता गरेको हो ।



    इन्धनको मूल्य वृद्धि भएको बहानामा कतिपय सवारी साधनले विद्यार्थीलाई छुट दिन आनाकानी गरेको र विद्यार्थी परिचयपत्र देखाउँदा समेत चालक तथा सहचालकले दुव्र्यवहार गर्ने गरेको उजुरीहरू हेलो सरकार र विभागको गुनासो पेटिकामा बढेपछि यो कदम चालिएको हो ।

    विगत लामो समयदेखि कार्यान्वयनमा रहेको यो व्यवस्था सरकार र यातायात व्यवसायीहरूबीच २०६५ फागुन २० गते भएको सहमतिमा आधारित छ । सोही सहमति अनुसार परिचयपत्रवाहक विद्यार्थीले सार्वजनिक सवारीको भाडामा ४५ प्रतिशत सहुलियत पाउने अधिकार सुनिश्चित गरिएको विभागले स्मरण गराएको छ ।

    विभागका अनुसार कतिपय क्षेत्रमा यो नियम पालना नभएको गुनासो आएकाले अबका दिनमा अनुगमनलाई तीव्र बनाइनेछ । यदि कुनै पनि सवारी साधनले विद्यार्थीलाई छुट दिन अस्वीकार गरेमा वा नियम उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत विभागले दिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट