logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

    फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

    676
    SHARES
    फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौ । प्रभु बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा राखिएको छ।



     

    प्रभु बैंकको नाममा रहेको फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थापक शेयरधनीहरुले मात्र खरिद निवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

     

    बिक्रीमा राखिएको शेयर खरिदका लागि आउँदो चैत ११ गतेसम्म निवेदन दिन सकिनेछ। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।


    अर्थ चाैतारी
  • सोमबार, ७ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट