logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • नेष्डो समृद्ध लघुवित्तले गर्यो कर्जा मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

    नेष्डो समृद्ध लघुवित्तले गर्यो कर्जा मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

    1.4K
    SHARES
    नेष्डो समृद्ध लघुवित्तले गर्यो कर्जा मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

    काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ ।



    संस्थाको बर्दघाट शाखा कार्यालयले सदस्यको बीमा दाबी रकम भुक्तानी गरेको हो । बर्दघाट शाखा कार्यालय प्रमुख लोक बहादुर सोनीले निज सदस्यको हकवाला छोरा गुप्तालाई उक्त रकम वापतको चेक हस्तान्तरण गरेका हुन् ।

    पश्चिम नवलपरासी बर्दघाट प्रतापपुर १ मा गठित बनदेबि समृद्ध व्यवसायिक केन्द्र नं ९३ का सदस्यको कर्जा मिनाहा गरी बीमा रकम भुक्तानी गरेको संस्थाले जनाएको छ ।

    स्वं सदस्य तेलिले व्यवसायका लागि संस्थाबाट ३ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । ३ लाख रुपैयाँमध्ये संस्थामा तिर्न बाँकी रहेको कर्जा २ लाख ८ हजार ३३७ रुपैयाँ मिनाहा गरिएको संस्थाले जनाएको छ ।

    साथै निज सदस्यले संस्थामा तिरिसकेको ९२ हजार रुपैयाँ कर्जा, किरिया खर्च बापत ३० हजार रुपैयाँ र स्वयं सदस्यले जम्मा गरेको बचत रकम १ लाख ४ हजार ४६९ रुपैयाँ सहित कर्जा बीमा बापतको ३ लाख गरी कुल ५ लाख १० हजार ७७९ रुपैयाँ बराबरको चेक निज सदस्यको छोरा सन्दीप कुमार गुप्तालाई हस्तान्तरण गरिएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, १२ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट