logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • गुणस्तरहीन खाना बेचेका ३ होटललाई ९ लाख जरिवाना

    गुणस्तरहीन खाना बेचेका ३ होटललाई ९ लाख जरिवाना

    1.1K
    SHARES
    गुणस्तरहीन खाना बेचेका ३ होटललाई ९ लाख जरिवाना

    काठमाण्डौ । गुणस्तरहीन खाना बिक्री वितरण गर्ने ३ होटल तथा रेस्टुरेन्टलाई ९ लाख रुपैयाँ जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा होटल तथा रेस्टुरेन्टलाई जरिवाना गरेको हो ।



    विभागका प्रवक्ता आनन्दराज पोखरेलले ठमेल, सुन्धारा र लाजिम्पाटका होटल र रेस्टुरेन्टलाई कारबाही गरेको जानकारी दिए । उनले नियमित अनुगमनका क्रममा कैफियत भेटिएपछि ठमेलको होटललाई ३ लाख जरिवाना गरेको बताए ।

    यस्तै, सो होटलले रिलेबलिङ गरेको वा गुणस्तरहीन वस्तुको मूल्य हेरफेर गरेको पाइएको थियो । यसक्रममा ९ हजार २०९ रुपैयाँ बराबरको म्याद गुज्रेको खाद्यवस्तुको नष्ट समेत गरिएको छ । यस्तै, सुन्धराको होटलले समेत रिलेबलिङ गरेको पाइएपछि ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

    यसबाहेक, लाजिम्पाटको होटलले समेत रिलेबलिङ गरेको वस्तु बिक्री वितरण गरेको पाइएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २८ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट