logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • दुर्गा प्रसाईँकाे बी एण्ड सी मेडिकल कजेल सञ्चालनको अनुमति प्रदान गर्न आदेशसंगै बैंकिङ् क्षेत्रमा उत्साह

    दुर्गा प्रसाईँकाे बी एण्ड सी मेडिकल कजेल सञ्चालनको अनुमति प्रदान गर्न आदेशसंगै बैंकिङ् क्षेत्रमा उत्साह

    962
    SHARES
    दुर्गा प्रसाईँकाे बी एण्ड सी मेडिकल कजेल सञ्चालनको अनुमति प्रदान गर्न आदेशसंगै बैंकिङ् क्षेत्रमा उत्साह

    काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले झण्डै चार वर्ष पुरानो मुद्दामा सरकार विरुद्ध विजय प्राप्त गरेका छन् । सर्वोच्च अदालतले उनलाई जीत दिलाएको हो । सोमबार न्यायाधीशद्वय कुमार चुडाल र शारङ्ग सुवेदीको इजलासले रिट निवेदक प्रसाईँको पक्षमा फैसला सुनाएको छ ।



     

    अब उनले झापामा निर्माण गरेको बी एण्ड सी मेडिकल कजेल सञ्चालन गर्न पाउने भएका छन् । अदालतले प्रसाईँको माग अनुसार नै मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न सरकारलाई आदेश दिएको छ ।

     

    प्रसाईँले मेडिकल शिक्षा अध्यापनका लागि २०६८ माघ १४ मा शिक्षा मन्त्रालयबाट मेडिकल कलेज सञ्चालनको लागि आशय पत्र (एलओआई) प्राप्त गरेका थिए । सोही आधारमा विभिन्न बैंक तथा वित्तीय संस्थाले उनको यो परियोजनाका लागि ‘कन्सोर्टियम’मा कर्जा उपलब्ध गराएका थिए ।

     

    प्रसाईँले अहिले करीब साढे ५ अर्ब बैंकिङ कर्जा लिएको विवरण बैंकरहरुले उपलब्ध गराएका छन् । यसरी बैंकबाट कर्जा लिएर संरचना बनाए पनि वर्षौंदेखि त्यसको उपयोग हुन पाएको छैन । कर्जा सम्झौतामा विद्यार्थीको पहिलो पल्ट भर्ना भएपछि किस्ता बुझाउन थाल्नुपर्ने र १५ वर्षभित्र ऋण तिरिसक्नु पर्ने उल्लेख थियो ।

    तर सरकारले डा. गोविन्द केसीको तारन्तारको अनशनका कारण प्रसाईँसहित अन्य केही मेडिकल कलेजले पनि सम्बन्धन प्राप्त गर्न सकेनन् । त्यस बखत निकै लोकप्रिय मानिएको डा. केसीको बुझाइलाई कतिपय चिकित्सकहरु समेत सहमत देखिएका थिए ।

     

    तर नेपालबाट चिकित्सा अध्ययनका लागि बंगलादेशर चीन जानेको लर्को नरोकिनु र नेपालमा चिकित्सकको अभाव सिर्जना हुन थाल्नुले पछिल्ला वर्षमा केसीको तर्कप्रति मानिसहरु सहमत हुन छाडेका छन् । केसीका कारण नेपालले ठूलो क्षति व्यहोर्नु परेको भन्दै आएको प्रसाईँले भने उनको अनशनलाई ‘बंगलादेशका मेडिकल कलेजहरुको पैसामा चलेको आन्दोलन’ भनेका थिए ।

     

    लामो समयदेखि मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग सहित भिडिरहेका प्रसाईँले अन्ततः मुद्दा जितेका छन् । यस घटनाले अब बाँक्ी मेडिकल कजेलहरुलाई समेत सम्बन्धन प्राप्त गर्न ढोकामात्रै खुलेको छैन, प्रसाईँका लागि बैंकहरुले लगानी गरेको कर्जा पनि उठ्ने आशा पलाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट