logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • कन्सल्टेन्सीले विद्यार्थी बन्दक जस्तो बनाएको भन्दै अवस्यक कदमचाल्न नेविसंघ केन्द्रीय सदस्य जैसीको माग

    कन्सल्टेन्सीले विद्यार्थी बन्दक जस्तो बनाएको भन्दै अवस्यक कदमचाल्न नेविसंघ केन्द्रीय सदस्य जैसीको माग

    1.4K
    SHARES
    कन्सल्टेन्सीले विद्यार्थी बन्दक जस्तो बनाएको भन्दै अवस्यक कदमचाल्न नेविसंघ केन्द्रीय सदस्य जैसीको माग

    काठमाण्डौ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ललित जैसीले  क्याम्पसहरूका शैक्षिक गतिविधि, विभिन्न मागहरू राख्दै आन्दोलनरत विद्यार्थी र महाधिवेशनको कार्यतालिका सम्बन्धमा बैठकमा आफ्नो धारणा राखेका छन् ।



     

    उनले नेपाल विद्यार्थी संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै  गुट उपगुट र भागबन्डाको नामले थिलथिलो पारीएको यस संगठनलाई नया आयाम दिन र हाल विद्यार्थी राजनिति माथी  उठिरहेका थुप्रै अनावश्यक प्रश्नहरूको गतिलो जवाफ दिने बाघ डोर समाल्ने समेत  बताए । सुदुर पश्चिम को सबैभन्दा ठुलो क्याम्पस कैलाली बहुमुखी क्याम्पस धनगढी, जानकी मेडिकल कलेज जनकपुर, रन्दैया लगायत विभिन्न क्याम्पसमा विभिन्न मागहरू राख्दै आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व लिने र विद्यार्थी आन्दोलन को उपलब्धि विद्यार्थी परिचय पत्रले यातायातमा पाउने सुविधा काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै लागु हुनेहो कि अन्य जिल्लामा पनि कार्यान्वयन गर्ने सम्बन्धमा सजग र क्रियाशिल हुनपर्ने बताएका थिए ।

    हाल विभिन्न कन्सलटेन्सीहरूले विदेश पढ्न जाने विद्यार्थीहरूहरूलाई आइल्स र पिटिई गराउने नाममा विद्यार्थीका सक्कल दस्ताबेज बन्दक गराउने र मोटो रकम असुल गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाउन् नेपाल विद्यार्थी संघले दबाब दिनसक्ने बताए ।

    नेपाल विद्यार्थी संघका  केन्द्रीय सदस्य जैसीले  माध्यमिक तहको शैक्षिक अवस्था सुधारका लागी ७५३ वटा स्थानिय तह र विशेष गरी नेपाली काँग्रेसका तर्फबाट विजयी जनप्रतिनीधीहरू पुर्ण नि:शुल्क सहित उच्च शिक्षा, प्राविधिक शिक्षामा छात्रवृतीको व्यवस्था गर्ने सम्बन्धमा सचेतना, बैठक र कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

    बैठकमा ४ मिनेटमा आफ्नो धारण राखेका उनले १२औँ महाधिवेशनको कार्यतालिका असार महिना खेतीपाती गर्ने महिनामा अधिवेशन गर्न उपयुक्त नहुने भन्दै कार्यतालिका संशोधन गर्न समेत माग गरेका छन् ।                          


    अर्थ चाैतारी
  • शुक्रबार, २३ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट