ललितपुर । विश्व स्वास्थ्य दिवस २०८० को अवसरमा जनस्वास्थ्य कार्यालय ललितपुरकाे आयोजना र महांकाल गाउँपालिकाको समन्वयमा ललितपुर जिल्लाको दुर्गम भेग महांकाल गा.पा. को गोटिखेलमा वृहत् जनस्वास्थ्य अभियान तथा पोषण प्रवर्धन अभियान सम्पन्न भएको छ। एकीकृत तवरमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा ६४० जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा दन्त रोग, जनरल मेडिसिन सेवा, स्त्रीरोग, आँखा जाँच, छाला रोग, ल्याव सेवा, भिडियो x-ray, ECG सेवा, बाल रोग सेवा र पोषण प्रवर्धित सेवा सञ्चालन गरिएको थियो । 
विश्व स्वास्थ्य दिवसका सन्दर्भमा पहिलो पटक यस प्रकारको बृहत् एवं धेरै सेवाहरू समेटिएर जनस्वास्थ्य अभियान सञ्चालन भएको गाउँपालिका अध्यक्ष गणेश केसिले बताए। शिविरबाट सोचेअनुरूप जिल्लाको दुर्गम भेगमा उपचारात्मक, प्रतिकात्मक र प्रवर्द्धनात्मक का साथै निन्दात्मक सेवा उपलब्ध गराइएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. भुवन पौडेलले बताए । उक्त शिविरमा ३ जना बिरामीको क्षयरोग पोजेटिभ र ५ जना बिरामीको पाठेघर को परीक्षामा भिआए पोजेटिभ समेत आएको थियो।
उक्त कार्यक्रममा जन्त्र नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा समुदायमा रहेका सम्भावित क्षयरोगका बिरामहरूलाई आधुनिक प्रविधि डिजिटल x-ray मार्फत छातीको x-ray र जने एक्सपर्ट प्रविधि मार्फत खकार द्वारा क्षयरोग सम्बन्धी परीक्षण गरिएको थियो । उक्त प्रविधि मार्फत १७५ जनाकाे x-ray गर्दा शंकास्पद क्षयरोग परीक्षणका लागि १३ जनाको जने एक्सपर्ट गरिएको थियो । जसमध्ये ३ जनामा क्षयरोग संक्रमण देखिएको र उनीहरूको सम्बन्धित पालिकाको स्वास्थ्य संस्थामा उपचारका लागि पटाइएको छ ।
साथै जिल्ला जनस्वास्थ्यको सहकार्यमा जन्त्र नेपालले महांकाल गाउँपालिकामा सहयोग गर्न पाउँदा निकै हर्षित भएको भन्दै आगामी दिनमा गाउँपालिकामा क्षयरोगका बिरामीको उपचारार्थ सहयोग र सहकार्य गर्न तयार रहेको जन्त्र नेपालका ललितपुर जिल्ला संयाेजक गाैरिशंकर जाेशीले बताए । जन्त्र नेपाल सेभ द चिल्ड्रेनकाे सहयोगमा नेपालमा क्षयरोग सम्बन्धी काम गर्ने एक संस्था हो ।
अर्थ चाैतारी ।