काठमाण्डौ । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११ जना ग्राहकहरुलाई जर्मनीमा हुने ‘यूईएफए युरो २०२४’ मा सहभागी गराउने भएको छ । साइमेक्स इंकले एक कार्यक्रमको आयोजना गर्दै बीवाईडी गाडी प्रयोगकर्ता ६ जना र गाडी बुक गर्ने ५ जना गरी ११ जनालाई लक्की ड्रमार्फत छनोट गरेको हो ।
कम्पनीले ‘नेपाली अब युरो कपमा’ योजना अन्तर्गत बीवाईडी गाडी खरिद गर्ने र बुकिङ गर्ने फुटबलप्रेमी उक्त ग्राहकलाई छनोट गरी ‘यूईएफए युरो २०२४’ मा सहभागी गराउँदै छ । लक्की ड्रमार्फत युरोकप २०२४ हेर्न जाने अवसर कविनराज श्रेष्ठ, शास्वत गौतम, दिनेश प्याथ, जयराम न्यौपाने, विजेन्द्र शाक्य, श्यामसुन्दर शाक्य, विमल गुरुङ, ममता क्षेत्री, सजनी पाण्डे, गणेश कँडेल र प्रदीप पौडेलले प्राप्त गरेका छन्।
उनीहरूको लक्की नम्बर क्रमशः ०७४, ०८८, ०२६, ४०७, ३७३, ६५३, ६६२, २००, १६२, २२२ र ६९१ रहेको छ । कम्पनीका अनुसार छनोट भई विजेता बनेका बीवाईडीका ग्राहकहरू जर्मनीमा गई प्रत्यक्ष यूईएफए युरो २०२४ को खेलहरू हेर्ने मौका पाउने छन् ।
साइमेक्स इंकका अनुसार ‘नेपाली अब युरो कपमा’ योजनामा करिव ८०० बीवाईडीका ग्राहकहरूको आवेदन परेको थियो । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ र बीवाईडीका ब्रान्ड एम्बेस्डर तथा कलाकार हरिवंश आचार्यले लक्की ड्रमार्फत सहभागीका नाम निकाल्दै विजेताको घोषणा गरेका थिए ।
कम्पनीले २०८० फागुन १४ गते उक्त स्किमको सार्वजनिक गरेको थियो । सार्वजनिक भएको एक महिनाभित्र गाडी बुकिङ र खरिद गर्नेहरूले नाम टिपाइ सक्नुपर्ने उद्घोष कम्पनीले गरेको थियो । सो योजनामा उल्लेख्य ग्राहकको सहभागिता रहेको पनि कम्पनीले जानकारी दिएको छ । यूईएफए युरोकप २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० विश्व प्रसिद्ध स्टेडियमहरूमा आयोजना हुँदैछ ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times