logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • श्रम स्वीकृति नपाउँदा दुई सयभन्दा बढीको टिकट रद्द

    श्रम स्वीकृति नपाउँदा दुई सयभन्दा बढीको टिकट रद्द

    1.9K
    SHARES
    श्रम स्वीकृति नपाउँदा दुई सयभन्दा बढीको टिकट रद्द

    काठमाण्डौ । वैदेशिक रोजगार विभागको सर्भरमा आएको समस्याका कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस०मा सोमबार दिनभर समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा परेका हुन् ।



     

    फेमिसको ‘सर्भर डाउन’ भएर कार्यालयबाट हुने काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जानका लागि टिकट काटेर बसेकाहरू श्रम स्वीकृति नपाउँदा समस्यामा परेका छन् । विदेश जानेहरू श्रम स्वीकृतिका लागि बिहानदेखि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमै पुगेर पर्खेर बसेका छन् । वैदेशिक रोजगार कार्यालयको सर्भरमा आएको समस्या यो पहिलो पटक भने होइन ।

     

    यसअघि पनि पटक पटक सर्भर डाउन हुने समस्या देखिँदै आएको थियो । जसले गर्दा पूर्ण रूपमा अनलाइन भनिएको श्रम स्वीकृतिको कार्यका लागि सेवाग्राही कार्यालयमै पुग्नुपर्ने बाध्यता छ ।

    अनलाइन श्रम स्वीकृतिमा बारम्बार समस्या देखिन थालेपछि सबैको टाउको दुखाइको विषय बनेको छ । वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयले फेमिसमा देखिएको समस्या समाधानका लागि काम गर्दै आएको छ तर पनि समाधान भने हुन सकेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट