logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

    लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

    689
    SHARES
    लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

    काठमाण्डौ । कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।



    हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ । तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था छ । दुर्गा प्रसाईंको हतियारको यात्रा अनुमति बारेमा गृह मन्त्रालयले छानबिन गरेको थियो । प्रसाईंलाई हतियार दिने निर्णय र अनुमति पत्रमा फरक विवरण भेटिएको छ ।

    सर्वोच्च अदालतबाट प्रसाईंको हतियार बरामद गरेपछि मन्त्रिपरिषद्ले इजाजत प्राप्त हतियार बोक्न थप कडाइ गरेको छ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ,‘प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने ।’


    अर्थ चाैतारी
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट