logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • १ हजार जनाभन्दा बढीलाई ठग्ने कन्सल्टेन्सीका संचालकसहित ६ जना पक्राउ

    १ हजार जनाभन्दा बढीलाई ठग्ने कन्सल्टेन्सीका संचालकसहित ६ जना पक्राउ

    1.1K
    SHARES
    १ हजार जनाभन्दा बढीलाई ठग्ने कन्सल्टेन्सीका संचालकसहित ६ जना पक्राउ

    काठमाण्डौ । पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा पठाइदिने भनि एक हजार जनाभन्दा बढी मानिसहरुलाई ठगी गर्ने कन्सल्टेन्सीका संचालकसहित ६ जना पक्राउ परेका छन् ।



    काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रेशम रावल समेत ६ जनालाई पक्राउ गरेको हो । उनीहरुले संचालन गरेको युनिक कन्सल्ट एण्ड कन्सल्टेन्सी, वर्ल्डवाइड कन्सल्ट एण्ड कन्सल्टेन्सी लगायत नाम करेका ४ वटा कन्सल्टेन्सीबाट रोजगारी तथा भिजिट भिसामा ती देश पठाउने भनि सक्कल राहदानी, नागरिकता, शैक्षिक प्रमाण पत्र सबै सक्कलै कागजातहरू लिई रकम उठाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

     

    प्रहरीले कन्सल्टेन्सीमा खानतलासी गर्दा राहदानी थान २२९ सहितका कागजात भेटिएको छ भने पक्राउ पेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । उनीहरुले २ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३० जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट