logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • महिन्द्राको अल इलेक्ट्रिक एक्सयूभी ४०० सार्वजनिक, बुकिङ सुरू

    महिन्द्राको अल इलेक्ट्रिक एक्सयूभी ४०० सार्वजनिक, बुकिङ सुरू

    1.8K
    SHARES
    महिन्द्राको अल इलेक्ट्रिक एक्सयूभी ४०० सार्वजनिक, बुकिङ सुरू

    काठमाण्डौ । अटोमोटिभ उद्योगमा ग्लोबल लिडर महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले महिन्द्रा एक्सयूभी ४०० सार्वजनिक गरेको छ। योसँगै एक्सयूभी ४०० नेपालको लागि महिन्द्राको पहिलो विद्युतीय एसयूभी (ईभी)को रूपमा स्थापित भएको कम्पनीले जनाएको छ। साथै, ग्राहकहरूका लागि पर्यावरण मैत्री यात्राको लागि नयाँ मानक स्थापित भएको कम्पनीको दाबी छ।



    एक्सयूभी ४०० यसको चौथो सदस्यको रूपमा द्विन पिक परिवारमा सामेल हुनेछ। जसले उच्च–प्रदर्शन, स्टाइलिस, र प्राविधिक रूपमा उन्नत क्ग्ख्क प्रदान गर्न महिन्द्राको समर्पणलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ। स्टघान्ड आउट एक्सयूभीमा ४०० ईएल प्रो भेरियन्ट, एक शक्तिशाली ३९.४ किलोवाट ब्याट्रीको प्रयोग छ।

     

    विशेषगरी नेपाली बजारका लागि यो संस्करणले विभिन्न अद्वितीय आवश्यकता र प्राथमिकताहरू पूरा गर्न आफ्नो प्रस्तावहरू अनुकूलित गर्ने महिन्द्राको क्षमतालाई प्रकाश पार्ने कम्पनीले जनाएको छ।महिन्द्रा एड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका अन्तर्राष्ट्रिय परिचालन प्रमुख सचिन अरोलकरले नेपालमा महिन्द्रा एक्सयूभी ४०० प्रस्तुत गर्न पाउँदा खुसी व्यक्त गरे।

     

    ‘एक्सयूभी ४०० स्थिरता र नवीनताका लागि हाम्रो प्रतिबद्धताको प्रमाण हो, जसले महिन्द्रा एसयूभीको कठोरतालाई विद्युतीय शक्तिको इको(मैत्रीसँग मिलाउँछ। नेपालको विविध भूभाग र सहरी परिदृश्यले एक्सयूभी ४०० लाई आफ्नो क्षमता प्रदर्शन गर्ने अनौठो अवसर प्रदान गर्दछ,’ उनले भने, ‘द्रुत गति, विस्तारित दायरा र बलियो सुरक्षा सुविधाहरूको साथ, एक्सयूभी ४०० ले आधुनिक उपभोक्ताहरूको विकसित आवश्यकताहरू पूरा गर्दछ। यो प्रक्षेपणले नेपालमा विद्युतीय सवारीका लागि नयाँ मापदण्ड स्थापित गर्नेछ र अतुलनीय प्रदर्शन, सुरक्षा र सुविधा प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ।’

    एक्सयूभी ४०० ब्याट्री र मोटरमा ३ वर्षको वारेन्टीको साथ उपलब्ध हुने कम्पनीद्वार विज्ञप्तिमा उल्लेख छ। जसले सुरक्षित र समस्यामुक्त स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार, एक्सयूभी ४०० को २९ जुनबाट २०२४ बाट बुकिङ सुरू भएको भएको छ। एक्सयूभी ४०० ईएलको मूल्य ५२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यसमा ३९.४ किलोवाट ब्याट्री रहेको कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट