logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यावसायिक यात्रामा फड्को, रु ५ अर्ब प्रिमियम संकलन

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यावसायिक यात्रामा फड्को, रु ५ अर्ब प्रिमियम संकलन

    325
    SHARES
    हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यावसायिक यात्रामा फड्को, रु ५ अर्ब प्रिमियम संकलन

    काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को व्यावसायिक यात्रामा अर्को महत्वपूर्ण कोशेढुंगा पार गर्दै रु ५ अर्ब प्रिमियम आर्जन गर्न सफल भएको छ। यो उपलब्धिले कम्पनीको दिगो व्यावसायिक वृद्धि, सुशासनप्रतिको प्रतिबद्धता, ग्राहक विश्वास तथा सम्पूर्ण सरोकारवालाहरुसँग स्थापित सुदृढ सम्बन्धलाई थप मजबुत बनाएको छ।



    कम्पनीले यस ऐतिहासिक उपलब्धिलाई आफ्ना आदरणीय ग्राहक, अभिकर्ता, पुनर्बीमक, व्यवसायिक साझेदार, बैंक तथा वित्तीय संस्था, नियामक निकाय, शेयरधनी, सञ्चालक समिति तथा सम्पूर्ण कर्मचारीहरूको निरन्तर विश्वास, सहयोग, समर्पण र साझा प्रयासको प्रतिफलका रूपमा लिएको छ।

    यस अवसरमा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले रु. ५ अर्बको व्यवसायिक लक्ष्य हासिल गर्नु हिमालयन एभरेष्ट इन्स्योरेन्स परिवारका सम्पूर्ण सदस्यहरूको सामूहिक प्रतिबद्धता, ग्राहकहरूको अटल विश्वास तथा हाम्रा व्यवसायिक साझेदारहरूको निरन्तर साथ र सहयोगको परिणाम रहेको र यस उपलब्धिले कम्पनीलाई अझ उत्तरदायी, नवप्रवर्तनमुखी तथा ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्दै दिगो व्यवसायिक वृद्धिको यात्रालाई थप सशक्त रूपमा अगाडि बढाउन प्रेरित गरेको विचार ब्यक्त गरे ।

    उनले कम्पनीले पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिको प्रभावकारी उपयोग, ग्राहक अनुभवमा निरन्तर सुधार, दाबी व्यवस्थापन तथा भुक्तानी प्रक्रियालाई थप छिटो र सरल बनाउने प्रयास, तथा सुदृढ जोखिम व्यवस्थापनमार्फत नेपाली बीमा बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्दै आएको उल्लेख गरे ।

    कम्पनीले आगामी दिनमा डिजिटल रूपान्तरण, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक अभ्यासलाई प्राथमिकतामा राख्दै अझ उच्च व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, बीमा पहुँच विस्तार गर्दै ग्राहक, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने आफ्नो रणनीतिलाई निरन्तर अघि बढाउने जनाएको छ।

    यस ऐतिहासिक उपलब्धिको अवसरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्ना ग्राहक, अभिकर्ता, पुनर्बीमक, व्यवसायिक साझेदार, बैंक तथा वित्तीय संस्था, नियामक निकाय, शेयरधनी, सञ्चालक समिति, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै विश्वास, साथ र सहयोगको अपेक्षा गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट